बलात्कार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

  ०७४ साउन ४ गते

भङ्गाहा गाउँपालिका-९ पोखरी टोलकी ३५ वर्षीया शिलादेवी दासलाई गत वैशाख १९ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले लोहारपटी-१ बगडा गाउँका ४६ वर्षीय बरुणकुमार यादव, सितापुर भङ्गाहा-९ की ३७ वर्षीया अमृतादेवी र लोहारपटी-१ सुखैनीयाका २८ वर्षीय जिवरुल राईन कवारीलाई साउन ३ गते गिरफ्तार गरेको छ ।

एसपी राजकुमार लम्सालले दिएको जानकारी अनुसार शिला देवीको शव वैशाख २० गते दुवै हात सारीले बाधेको अवस्थामा फेला परेको थियो ।

घटनाको झण्डै तीन महिनापछि प्रहरीको खोज तलास र अनुसन्धानबाट आरोपितहरूलाई गिरफ्तार गर्न सफल भएको एसपी लम्सालले बताए ।

मृतकका पति विगत १५ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । शवको प्रकृति मुचुल्का उठाईसोही दिन जलेश्वर अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।


अजयकुमार साह