बलात्कार गररेको कसुरमा ४ वर्ष ८ महिना कैदको फैसला

  ०७६ कात्तिक ९ गते

१४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका १७ वर्षीय  बालकलाई जिल्ला अदालत उदयपुरले कात्तिक ७ गते ४ वर्ष ८ महिना कैद र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश दिपक खनालको इजलासले कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । फैसलासँगै कसुरदार नाबालक रहुञ्जेल बाल सुधार गृहमा र उमेर पुगेपछि कारागार चलान हुने स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

०७६ साउन ७ गते पीडित बालिकालाई कसुरदारले बलात्कार गरेको भन्दै पीडित परिवारले साउन ११ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै गिरफ्तार परेका कसुरदारलाई अदालतले भदौ १ गते पुर्पक्षका लागि बाल सुधारगृह विराटनगर पठाउने गरी आदेश दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो ।


भरत खड्का