बलात्कार कसुर ठहर गर्दै ६ महिना कैद फैसला

  ०७६ माघ २१ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको  कसुर ठहर गर्दै  जिल्ला अदालतले माघ १९ गते   १४ वर्षीय बालकलाई  ६ महिना कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले उक्त फैसला गरेको  जिल्ला अदालतका  नासु दामोदर गौतमले बताउनु भयो  ।

आरोपित बालकले ०७६ भदौ १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ १९ गते उजुरी दिएका थिए । प्रहरी आरोपितलाई भदौ १९ गते   गिरफ्तार गरेको थियो ।

पीडितको स्वाथ्य परीक्षण भदौ १९ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।


रविन्द्र पाण्डे