बलात्कार कसुर ठहर गर्दै १० वर्ष कैदको फैसला

  ०७६ माघ २९ गते

१४ वर्षीया बालिकालाई  बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २८ गते  लुग्री गाउँपालिका –६ का १६ वर्षीय बालकलाई  १० वर्ष  कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतले १० वर्ष कैदसँगै  ५० हजार रूपिँया क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

बालिकालाई ०७६ वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता  गराएका थिए ।  प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते जिल्ला अस्पताल, रेउघामा गरिएको थियो ।


हरिसरा घर्ती