बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला

  ०७६ माघ १० गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  माघ ८ गते गेरुवा गाउँपालिका–५ का १९ वर्षीय रेवन्त भट्टराईलाई  १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शङ्करराज बरालको इजलासले उक्त फैसला गरेको श्रेष्तेदार यमप्रसाद बास्कोटाले बताउनु भयो ।

पीडितलाई ०७६ जेठ १५ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ८ गते इलाका प्रहरी कार्यालय पाताभारमा उजुरी दर्ता गराएका थिए । प्रहरीले आरोपितलाई कात्तिक ८ गते गिरफ्तार गरेको थियो । मङ्सिर १ गते जिल्ला अदालतमा मुद्दा  दर्ता भएकोमा मङ्ंसिर ३ गते  पुर्पपक्षकालागि थुनामा पठाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ७ गते जिल्ला अस्पताल, गुलरियामा गरिएको थियो ।


मानबादुर चौधरी