बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला

१५ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ०७७ पुस २४ गते दाङ जिल्ला गढवा गाउँपालिका– ४ निवासी २३ वर्षीय पटेश्वरी यादव र डडेल्धुरा जिल्ला गन्याधुरा गाउँपालिका–३ का २५ वर्षीय प्रेम खड्कालाई कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले यादवलाई १२ वर्ष र खड्कालाई सात वर्ष कैदको फैसला गरेको  सहायक जिल्ला न्यायाधिवक्ता गोकर्ण घिमिरेले बताउनु भयो ।

पीडितहरुलाई आरोपितहरुले ०७५  वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । प्रहरीले आरोपितलाई वैशाख २ गते गिरफ्तार गरेको थियो ।

पीडितहरूको स्वास्थ्य परीक्षण वैशाख २ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको थियो ।

जिल्ला अदालतको  ०७६ जेठ ३१ गते आदेश अनुसार आरोपितहरू पुर्पक्षका लागि कारागारमा थुनामा रहेका थिए ।


नारायण पराजुली