बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद फैसला

  ०७५ चैत ३ गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले चैत १ गते स्वर्गद्वारी नपा–२ का २० वर्षीय मने परियारलाई सात वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले सात वर्ष कैद र ३० हजार रुपिँया क्षतिपूर्तिको फैसाला गरेको जिल्ला अदालतले जनाएको छ ।

पीडित महलिालाई परियारले गत भदौ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई भदौ २९ गते घरैबाट गिरफ्तार गरी प्रहरीले मुद्दा चलाएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७५ भदौ ११ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।


रविन्द्र पाण्डे