बलात्कार कसुरमा ७ वर्ष कैद फैसला

  ०७६ जेठ २८ गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फिदिम नगरपालिका- १२ का १९ वर्षीय सुमन केरूङ्गलाई अदालतले जेठ २७ गते ७ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश मनोज केसीको इजलासल सो फैसला गरेको हो । अदालतको फैसला लगत्तै कसुरदारलाई कैद भुक्तान गर्न जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी याम चौहानले बताए । पीडितलाई ०७५ असोज १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले असोज १५ गते आरोपितलाई गिरफ्तार गरेको थियो । जिल्ला अदालतको ०७५ कार्तिक ११ को आदेशले आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १५ गते गरिएको थियो ।


मङ्गल वेघा