बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैदको फैसला

   ०७६ माघ ५ गते

५ वर्षीया एक बालिकालाई ०७६ असार १४ गते बलात्कार गरेको आरोपमा थुनामा रहेका गोरखा जिल्ला पालुङटार नपा५ का कृष्णकुमार विकलाई जिल्ला अदालत, तनहुँले १२ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।

आरोपितले ०७६ असार १४ गते बलात्कार गरेको भन्दै पीडित परिवारले असार १६ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।आरोपित असार १७ गते भानु नपा३ बाट गिरफ्तार भएका थिए ।

 जिल्ला अदालतको न्यायधिश दुर्गाप्रसाद ढुंगेलको इजलासले ०७६ माघ ५ गते आरोपितलाई १२ वर्ष ६ महिना कैद र १ लाख रुपियाँ क्षतिपुर्ती भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । आरोपितविरुद्ध ०७६ साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

आरोपित साउन ८ गतेदेखी पुर्पक्षका लागि जेल चलान भएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७६ असार १६ गते दमौली अस्पतालमा गरिएको थियो ।

 

 


प्रकाशचन्द्र भट्टराई