बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

  ०७६ फागुन १४ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन १३ गते  कपिलवस्तु नपा–४ बिठुवाका २४ वर्षीय मनोजकुमार लोनियालाई १२ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश  कपिलमणी गौतमको इजलासले दोषी ठहर गर्दै १२ वर्ष कैद र ५० हजार रूपियाँ क्षतिपुर्तीको  फैसला गरेको श्रेस्तेदार चिन्तामणी शर्माले बताउनु भयो ।

आरोपितले ०७६ असार १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २० गते जिल्ला प्रहरी कार्यालय, तौलिहवामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असार २० गते गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार २० गते जिल्ला अस्पताल, तौलिहवामा गरिएको थियो ।

 


पार्वती आचार्य