बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

   ०७६ माघ ९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका – ३ का २० वर्षीय रूपक अधिकारीलाई अदालतले माघ ८ गते १२ वर्ष कैद सजायको फसैला गरेको छ ।

न्यायधीश मोहनराज भट्टराईको इजलासले कैद सजायसँगै कसुरदारबाट पीडितले पाउने गरी ३० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी याम चौहानले बताउनुभयो ।

आरोपितले ०७६ कात्तिक ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कात्तिक १६ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको मङ्सिर ८ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १६ गते गरिएको थियो ।


मङ्गल वेघा