बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

   ०७६ पुस २९ गते

१५ वर्षीया बालिकालाई बलात्कारको गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–८ का २७ वर्षीय सत्य सदालाई पुस २९ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश दीपक खनालको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी १० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

आरोपितले ०७६ असोज २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई असोज २८ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको कात्तिक २५ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २७ गते गरिएको थियो ।

 


भरत खड्का