बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला

   ०७६ माघ १० गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–११ डिएमगेटका २२ वर्षीय राकेश परियारलाई अदालतले माघ ९ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश दीपक खनालको इजलासले कसुर ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट क्षतिपूर्ति बापत २५ हजार रूपियाँ भराउन आदेश दिएको छ ।

आरोपितले ०७६ मङ्सिर ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको पुस ६ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ८ गते गरिएको थियो ।

 


भरत खड्का