बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०७७ असोज २३ गते

१७ वर्षीया बालिकालाई  बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत, कैलालीले कैलारी गाउँपालिका—८ बसौटीका २० वर्षीय उमेश कठरियालाई असोज २२ गते १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश बाबुकाजी बानियाको इजलाशले १० वर्ष कैद र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने गरी फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

बालिकालाई जेठ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई असार १५ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतको साउन १४ गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि जिल्ला कारागार, कैलालीमा थुनामा  रहनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।


मैनामोती चौधरी