बलात्कार कसुरमा १० वर्ष कैद फैसला

  ०७६ फागुन ३० गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रोशी गाउँपालिका–४ का २५ वर्षीय अर्जून तामाङलाई काभ्रे जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको छ ।

आरोपितले ०७५ कार्तिक २६ गते बलात्कार गरेको भन्दै पीडितले ०७६ जेठ २ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिनुभएको थियो । आरोपितलाई जेठ २ गते रोशी गाउँपालिका–४ बाट प्रहरीले गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईको एकल इजलासले ०७६ फागुन ३० गते बलात्कार कसुर ठहर गर्दै १० कैद र १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ती भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ठाकुरप्रसाद त्रितालले जानकारी दिनुभयो । आरोपितविरुद्ध ०७६ जेठ ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

आरोपित असार १ गतेदेखी पुर्पक्षका लागि जेल चलान भएका थिए । पीडितको स्वास्थ्य परीक्षण ०७६ जेठ २ गते धुलिखेल अस्पतालमा गरिएको थियो ।


हिरामान वाइवा