बलात्कार कसुरमा सात वर्ष कैदको फैसला

  ०७७ असोज २० गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले असोज २० गते स्वर्गद्वारी नपा–४ का २९ वर्षीय दामोदर बिसीलाई सात वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले सात वर्ष कैदको फैसला गरेको जिल्ला अदालतका नासु दामोदर गौतमले बताउनु भयो ।

पीडितलाई  आरोपितले ०७६ भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए  । प्रहरीले आरोपित लाई  भदौ १९  गते घरबाट गिरफ्तार गरेको थियो ।

पीडितको  स्वास्थ्य परीक्षण भदौ १७ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको थियो ।


रविन्द्र पाण्डे