बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०७६ माघ १ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा अदालतले दमक नगरपालिका–८ का २८ वर्षीय रञ्जित राईलाई पुस २९ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश नारायणप्रसाद पराजुलीको इजलासले सात वर्ष कैद सजाय र ३० हजार रूपियाँ जरिबानाको फैसला गरेको श्रेस्तेदार दुर्गाप्रसाद खनालले बताउनुभयो ।

आरोपितले ०७६ साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध साउन २९ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको भदौ २१ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा साउन २९ गते गरिएको थियो ।


नरेश खाती