बलात्कार कसुरमा जन्म कैदको फैसला
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर १० गते नौबहिनी गाँउपालिका – ६ का २१ वर्षीय यमलाल रिजाललाई जन्म कैदको फैसला गरेको छ ।
न्यायाधीश श्यामलाल घिमिरेको इजलासले जन्म कैद र ५० हजार क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी तुलबहादुर गुरुङ्गले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७६ मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित लाई मङ्सिर ३० गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ३० गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–३ का ८४ वर्षीय मेघराज पाण्डेलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले…
उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गरः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार र उखु किसान सङ्घर्ष समितिबीच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगद्वारा माघ ७ गते जारी विज्ञप्तिमा…
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…