बलात्कार कसुरमा एक वर्ष कैद फैसला

  ०७७ असोज १४ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका रौतहट जिल्ला गोनाही गाउँपालिका–८ का २० वर्षीय रुपेश रामलाई जिल्ला अदालत चितवनको असोज १३ गतेको फैसलाले एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्ययाधीश हेमन्त रावलको इजलासले आंशिक अभियोग पुष्टि हुने उल्लेख गर्दै उक्त फैसला सुनाएको श्रेष्तेदार ईश्वर आचार्यले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित बालिकालाई रामले गत०७६ जेठ २२ गते बलात्कार गरेको भन्दै पीडित आफैँले जिल्ला प्रहरी कार्यालय चितवनमा जेठ ३१ गते उजुरी दिएकी थिइन्  ।

प्रहरीले जेठ ३० गते नै आरोपितलाई गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण  असार १ गते भरतपुर अस्पतालमा गरिएको थियो ।


दिपेन्द्र अधिकारी