बलात्कार कसुरमा आठ वर्ष कैदको फैसला

  ०७६ फागुन २३ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  फागुन २१ गते बुद्धभूमि नपा– २ का १६ वर्षीय बालकलाई  आठ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश लोकजङ्ग शाहको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार चिन्तामणि शर्माले बताउनु भयो ।

आरोपितले ०७५ चैत २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।  प्रहरीले आरोपितलाई  चैत २३ गते  गिरफ्तार गरेकोमा  जिल्ला अदालतले ०७६ वैशाख ११ बाँके जिल्लास्थित बाल सुधार गृह पठाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७६ चैत २२ गते  जिल्ला अस्पतालमा गरिएको थियो ।


पार्बती आचार्य