बलात्कारपश्चात हत्या घटनाका अपराधिहरुलाई कानुनी दायरामा ल्याइ कार्वाही गर्न अधिकारकर्मीहरुको माग

  ०७७ माघ २६ गते

बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका—७ चडेपानी घर भई सनातन धर्म माध्यामिक विद्यालय, खोचिलेकमा कक्षा १२ मा अध्ययरत १७ वर्षीया बालिका भागरथि भट्टको माघ २१ गते विद्यालयबाट फर्कीने क्रममा बलात्कार गरी हत्या घटनामा सङ्लग्न पक्षलाई कानुनी दायरामा ल्याइ कार्वाही गर्न अधिकारकर्मीहरुले माग गरेका छन् ।

इन्सेक सुदूरपश्चिम कार्यालय, धनगढी लगायत मानव अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न सङ्घसस्था तथा अधिकारकर्मीहरुले माघ २६ गते सयुक्त प्रेश विज्ञप्ति जारी गरी घटनामा सङ्लग्न पक्षहरुलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न माग गरेका हुन् ।

विद्यालयमा अध्ययन गर्न गएकी किशोरीको बिभित्स हत्या हुनुले नागरिकको बाँच्न पाउने अधिकार गुमेको र स्थानीय प्रहरी प्रशासनले घटनाको अनुसन्धान तिब्रगतिमा भइरहेको बताए पनि घटना भएको छैठौँ दिनसम्म पनि प्रहरीले अपराधिलाई कानुनी दायरामा ल्याउन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘प्रहरी र डाक्टरको प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने विवरण सार्वजनिक भएको र घटनाको गहन अध्ययन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र कानुन अनुसार कडा कार्वाही गर्न तथा नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

०७७ माघ २१ गते विहान घरबाट साथीहरुसँग विद्यालय गएकी भागरथि साँझसम्म घर नपुगेपछि खोजी गर्दा माघ २२ गते घर र विद्यालयबिचमा  पर्ने स्थानीय लवलेक सामुदायिक बनको बनमारा झाडीमा सरिरभरी घाउचोट लागेको र कपडा च्यातिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

Press stetment 20210208kailali


मैनामोती चौधरी