बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७७ मङ्सिर १४ गते

बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया गुलबसा खातुनको हत्या आरोपमा गिरफ्तार परेका गौशाला नपा–५ का २६ वर्षीय अरुण साहविरुद्ध मङ्सिर १२ गते चार ओटा अभियोगमा इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दर्ता गरिएको छ ।

अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानमा आरोपितविरुद्ध उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईँले जानकारी दिनु भयो ।

मङ्सिर ७ गते गाउँबाटै हराएकी बालिका गुलबसा खातुनको मङ्सिर ८ गते शव फेला परेको थियो ।


अजयकुमार साह