बलात्कारपछि हत्या गरेको घटनाका आरोपित गिरफ्तार

  ०७४ फागुन १९ गते

पुर्चौडी नपा-१ की १६ वर्षीया डम्मरा भट्टलाई बलात्कारपछि हत्या गरेको आरोपमा पुर्चौडी नपा-१ हाटका २६ वर्षीय उमेश जोशीलाई फागुन १८ गते जिल्ला प्रहरी कार्यालयको एक टोलीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई बलात्कार गरेर हत्या गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका  आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

आरोपित जोशीको कोठामा बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । शवको पोष्टमार्टम जिल्ला अस्पताल बैतडीमा गरिएको छ ।


नरी बडु