बलात्कारपछि हत्या गरेको कसुरमा आजीवन कैद सजायको फैसला

  ०७६ माघ २१ गते

दोर्दी गाउँपालिका–३ लमजुङकी १२ वर्षीया बालिका अनिशा परियारको बलात्कारपछि हत्या गरेको कसुर ठहर गर्दै अदालतले माघ २० गते जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश हरिचन्द्र ढुगांनाको इजालसले कसुर ठहर गर्दै दोर्दी गाउँपालिका–३ का ४५ वर्षीय राजकुमार परियार र अनिशाको हत्यामा संलग्न भएको ठहर गर्दै राजकुमारकी पत्नी ४३ वर्षीया जालुमायाँ परियारलाई जन्म कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले बताउनुभयो ।

अनिशाको ०७६ बैशाख ९ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आरोपितहरुलाई सोहि दिन गिरफ्तार गरेको थियो ।

छिमेकीहरुले थाहा पाउँछन भनेर बालिकालाई घाँटी थिचेर घरभित्र सल प्रयोग गरि झुन्डाएर मारेको आरोपमा परियार दम्पतिलाई सो सजाय गरिएको श्रेस्तेदार भण्डारीले बताउनुभयो ।

शवको पोष्टमार्टम ०७६ बैशाख ११ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको जानकारी जिल्ला सामुदायिक अस्पतालका मेडिकल अफिसर हिक्मत भण्डारीले दिनुभयो ।

 

 

 

 

 

 

 

 


दलबहादुर मजाकोटी