बलात्कारपछि हत्याका घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत ७ गते

सूर्योदय नगरपालिका– १३ की १७ वर्षीया आकृति राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका – १३ का २१ वर्षीय रोशन राईलाई चैत ६ गते गिरफ्तार गरेको छ ।

चैत ४ गते स्थानीय ज्योति माविमा चलिरहेको कक्षा ११ को आन्तरिक परीक्षा दिन घरबाट हिंडेकी बालिका समयमा विद्यालय नपुगेपछि उनको खोजी भएको थियो ।

परीक्षामै सहभागी नहुँदा विद्यालयबाट उनको खोजी गर्ने क्रममा प्रहरीले चैत ५ गते हत्या गरेर खाल्डोमा पुरेको अवस्थामा आकृतिको शव फेला पारेको इलामका एसपी हिराबहादुर पाण्डेले बताउनु भयो ।

आरोपितले बालिकाको हत्या गरेपछि तरूल खनेको खाल्डोमा पुरेको र उनको चप्पल र किताब भने मलखाडीमा पुरेको बताएको एसपी पाण्डेले बताउनुभयो ।

शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा चैत ७ गते गरिएको छ ।

 


कोकिला ढकाल