बलात्कारको झुठा आरोप सहित मुद्दा दायर गरेको कसुरमा ३ हजार जरिबाना
बलात्कार गरेको भन्दै झुठो मुद्दा दिएको कसुरमा एक महिलालाई माघ १६ गते जिल्ला अदालतको आदेशले ३ हजार जरिबानाको फैसला सुनाएको छ ।
बागचौर नपा–८ निवासी २२ वर्षीया एक महिलाले ०७५ जेठ २९ गते एक प्रहरी जवानले आफूलाई बलात्कार गरेको भन्दै दिएको जाहेरी खण्डन हुने गरी बकपत्र भएको देखिएपछि अदालतले ति महिलालाई ३ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको हो ।
बलात्कारको आरोप लागेका दैलेख घर भई हाल सल्यानको बागचौर नपामा रहेको अस्थाई प्रहरी पोष्ट पातिहाल्नमा कार्यरत प्रहरी जवान ३० वर्षीय छविलाल कसेराले भने सफाई पाएको जिल्ला अदालतका स्रस्तेदार दपिक पाख्रेलले जानकारी दिए ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…