बलात्कारको कसुरमा सात वर्ष कैद फैसला

  ०७७ असोज ९ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेका कालिका नगरापलिका–८ का २० वर्षीय सरोज गिरीलाई चितवन अदालतको असोज ९ गतेको इजालसले सात वर्ष कैद सजाय तोकेको छ । न्यायधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उक्त सजाय तोकेको जिल्ला अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनुभयो ।

गिरीले ०७६ मंसिर १५ गते बलात्कार गरेको भन्दै पीडित आफैले ०७६ मङ्सिर १७ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी दिनुभएको थियो । आरोपितलाई मङ्सिर १८ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । महिलाको मङ्सिर १७ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिको हो ।


दिपेन्द्र अधिकारी