बलात्कार गरेको कसुरमा आठ वर्ष कैद फैसला

  ०७७ असार २३ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा माडी नगरपालिका–३ वगईका २४ वर्षीय काकालाई आठ वर्ष कैद सजाय तोकिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले असार २३ गते उक्त फैसला गरेको अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडितलाई आरोपितले ०७६ मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पुस ३ गते नै गिरफ्तार गरिएका आरोपितलाई पुस २५ गते पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश गरेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण पुस ३ गते भरतपुर अस्पतालमा गरिएको थियो ।


दिपेन्द्र अधिकारी