बलात्कारका घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर ३ गते

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुरलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले साउन १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २ गते इलाका प्रहरी रङ्गेलीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितलाई रङ्गेली नगरपालिका–७ मधुबनीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन २ गते गरिएको थियो ।


नेत्रप्रसाद अधिकारी