बलात्कारका घटनाका आरोपित विरूद्ध उजुरी दर्ता
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनिल स्मृति गाउँपालिका–१ घोडागाउका ३६ वर्षीय करन केसी विरूद्ध फागुन १ गते इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दर्ता गराएका छन् ।
महिलालाई ०७६ भदौ १४ गते बलत्कार गरेको र घटनाका बारेमा कसैलाई बताए मार्ने धम्की दिएकोले ढिलो उजुरी दिएको पीडित पक्षले बताए ।
बलात्कारबाट पाँच महिनाको गर्भ रहेकोले आफन्तको सहयोगमा पीडित पक्षले उजरी दिएको प्रहरीले जनायो । इलाका प्रहरी कार्यालय सुलिचौरका अनुसार आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण माघ २९ गते जिल्ला अस्पताल, रेउघामा गरिएको प्रहरीले जनायो ।
हरिसरा घर्ती
सम्बन्धित समाचारहरू
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–३ का ८४ वर्षीय मेघराज पाण्डेलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले…
उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गरः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार र उखु किसान सङ्घर्ष समितिबीच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगद्वारा माघ ७ गते जारी विज्ञप्तिमा…
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…