बलात्कार गरेको कसुरमा ५ वर्ष ६ महिना कैद सजायको फैसला

  ०७६ वैशाख १६ गते

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा थुनामा रहेका तारकेश्वर गाउँपालिका–३ तारूकाका ६४ वर्षीय कृष्णबहादुर विष्टलाई जिल्ला अदालत नुवाकोटले ५ वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको छ ।  न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले वैशाख १५ गते उक्त फैसला गरेको हो ।

पीडित बालिकालाई विष्टले ०७४ चैत २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २५ गते उजुरी दिएका थिए ।

उक्त उजुरीको आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी अनुसन्धानको लागि थुनामा राखेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७४ चैत २५ गते त्रिशूली जिल्ला अस्पतालमा गरिएको थियो ।


नवदीप श्रेष्ठ