बर्दिवासस्थित नेकपाको कार्यालयमा अज्ञात पक्षबाट आगजनी

  ०७५ कात्तिक २ गते

बर्दिवास नगरपालिकास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा असोज ३१ गते राति आगजनी भएको छ । बर्दिबास नगरपालिका–९, पशुपतिनगरमा रहेको पूर्ववत नेकपा (एमाले) को वडा पार्टी कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार सुरजसिंह कुशवाहाको घरमा रहेको पार्टी कार्यालयमा अज्ञात पक्षले पेट्रोल छर्केर आगजनी गरेको हो ।

आगोले पार्टी कार्यालयको एक छेउको बाँसको भाग जलेर नष्ट भएको छ । घरभित्र रहेकोे ज ४ प ३०४२ नम्बरको स्कुटरको अगाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी नकुल पोखरेलले बताए ।

आगजनीबाट करिब ५० हजार रुपियाँ बराबरको सामान जलेर नष्ट भएको बताइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


अजयकुमार साह