बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार
रौतहट क्षेत्र नं १ बाट निर्वाचित सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको छ ।
०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । ०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट भएको थियो ।
संविधानसभाको पहिलो चुनावलाई लक्षित गरी बम बनाउँदै गर्दा विष्फोट भएको घटना लुकाउन घाइतेहरूलाई इँटा भट्टामा हत्या गरेको आरोप आलममाथि छ ।
०६४ चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप आलममाथि लगाइँदै आएको छ ।
पीडित परिवारले किटानी उजुरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन । सर्वोच्च अदालतले ०६९ जेठ १६ गते उजुरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।
“उनलाई हामीले नियन्त्रणमा लिएका छौं ।”-प्रदेश २ प्रहरी कार्यालयका डीआईजी प्रधुम्न कार्कीले भने-“पुरानो एउटा केसको अनुसन्धानको लागि उनलाई गौरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।”
आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । उनी रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । मन्त्री समेत भइसकेका आलम कांग्रेस जिल्ला सभापति हुँदै केन्द्रिय सदस्य समेत भइसकेका थिए ।
उक्त घटनाका सम्बन्धमा इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०६५ वैशाख २४ गते संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।
प्रतिवेदनमा उक्त घटनाको नेपाली कांग्रेसबाहेकका सबै राजनीतिक दलहरूले निष्पक्ष छानविनका लागि आह्वान गरेका, घटना लुकाउन आलमले घाइते भएकाहरूलाई भारतको अज्ञात स्थानमा लगि उपचार गराएको र मृत्यु भएका व्यक्तिहरूको परिवारलाई घटना विवरण नसुनाउन धम्की दिएको पीडितको भनाइ रहेको उल्लेख छ ।
इन्सेकलगायत मानव अधिकार संस्थाको रोहवरमा घटनामा मृत्यु भएकाहरूमध्ये वसि अख्तर मिँयाकी आमा रुक्साना खातुन र पिन्टु सिंह भन्ने त्रिलोक प्रताप सिंहका पिता श्रीनारायण सिंहले जिल्ला प्रहरी कार्यालय रौतहटमा महमद अफताव आलमसहित चार जनाविरूद्ध किटानी उजुरी दिएका थिए ।
उक्त उजुरी दर्ता नगराएको प्रहरीले हुलाक मार्फत दिइएको उजुरी ९ दिनपछि ०६५ वैशाख १८ गते पीडित पक्षबाट सनाखत गराई दर्ता गरेको थियो ।
'घटनालाई मिलाउन मोहमद अफताव आलमले पीडित पक्षलाई २ लाख रुपियाँ दिन खोजेको र पीडित पक्षले १० लाख रुपियाँ मागेको भन्ने भनाइ जिल्ला प्रहरी कार्यालय रौतहट गौरका एसपी लक्ष्मण न्यौपानेको भनाइ रहेको पाइयो ।'-प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोस् ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…