बम विष्फोटमा चार जना बालबालिकाको मृत्यु

  ०७७ वैशाख १८ गते

त्रिवेणी गाउँपालिका – ७ गैरीगाउँमा वैशाख १८  गते  बम विष्फोटमा परि चार जना बालबालिकाको मृत्यु भएको छ  ।

त्रिवेणी गाउँपालिका– ७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीया बिमला डाँगी, १३ वर्षीय  गौरव नेपाली र पाँच वर्षीय विजय खत्री विष्फोटमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङले बताउनु भयो ।

डिएसपी गुरूङका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको भएपनि  तत्कालीन  विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाले भेटाएर खेलाउने क्रममा विस्फोट भएको हुनसक्ने बताउनु भएको छ ।  शवको पोष्टमार्टम हुन सकेको छैन ।

 


हरिसरा घर्ती