बम राखेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ जेठ २८ गते

विभिन्न ठाँउमा बम राखेको र शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा सुन्दरहरैँचा नगरपालिका-८ का ५३ वर्षीय रूद्र पौडेललाई जेठ २६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको र शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा पौडेललाई विराटनगर महानगरपालिका-७ डाँफेचोकबाट जेठ २६ गते राती गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

आरोपित विरूद्घ जेठ २७ गते अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए ।


इन्दिरा भट्टराई