बन्दको पूर्व सन्ध्यामा विष्फोट तथा आगजनी

  ०७६ भदौ ९ गते

रत्ननगर नगरपालिका-१२ को कार्यालयमा भदौ ८ गते साँझ अज्ञात पक्षबाट आगजनी भएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजपत्रका साथै कुर्सी, पर्दा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय टाँडीले जानाएको छ ।

त्यसैगरी खैरहनी नगरपालिका-२ सिमलघारीमा भदौ ८ गते राति बम विष्फोट भएको छ । उक्त बम कयर खोला किनारमा विष्फोट भएको र विष्फोटबाट मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनायो ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भदौ ९ गते आह्वान गरेको चितवन बन्दको पूर्वसन्ध्यामा सोही पार्टीले विष्फोट गराएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।


दिपेन्द्र अधिकारी