बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड

  ०७५ फागुन २३ गते

तुल्सीपुरमा कार्यक्रम स्थलबाट नै आफ्ना कार्यकर्ता फागुन २१ गते गिरफ्तार गरेको विरोध तथा रिहाईको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले फागुन २३ गते आह्वान गरेको बन्दाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बन्द अवज्ञा गरेको आरोपमा सो पार्टीका कार्यकर्ताले फागुन २३ गते दुईओटा सवारीसाधनमा तोडफोड र तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ ।

राप्ती राजमार्गको सल्यान दाङ खण्ड अन्र्तरगत त्रिवेणीको सल्लेखोलामा ना ४ ख ६३६८ नम्बरको ट्रकमा भएको तोडफोडबाट ट्रकका सिसा फुटेका छन् । यस्तै लु २ च २७२५ नम्बरको बोलेरो जिपमा पनि तोडफोड प्रयास भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका इन्स्पेक्टर गिरीराज भण्डारीले बताए ।


मिना बुढाथोकी