बन्दको अवज्ञा गरेको आरोपमा तीन वटा सवारी साधनमा तोडफोड

  ०७४ माघ २१ गते

प्रदेश नम्बर २ को राजधानी माग गर्दै माघ २१ गते आह्वान गरिएको बीरगंज बन्दको क्रममा बन्दको अवज्ञा गरेको आरोपमा बन्दकर्ताले तीन वटा सवारी साधनमा तोडफोड गरेका छन् ।

माघ २१ गते प्रदेश सभाको पहिलो बैठक अस्थायी राजधानी जनकपुरमा बस्दै गर्दा उक्त बैठकले प्रदेशको राजधानी बीरगञ्ज कायम गरोस् भन्दै बीरगञ्ज बन्दको आह्वान गरिएको बीरगञ्ज सङ्घर्ष समितिले जनाएको छ ।

बन्दको अवज्ञा गरेको आरोपमा बन्दकर्ताहरूले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका हुन् । बन्दकर्ताले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुई वटा निजी कारमा तोडफोड गरेका हुन् ।

शान्तिपूर्ण आन्दोलनलाई सरकारले नसुनेका कारण बन्द गर्नुपरेको सङ्घर्ष समितिका सचिव एवम् काङ्ग्रेस पर्सा सचिव श्याम पटेलले जानकारी दिए ।


केसी लामिछाने