बन्चरो प्रहार गरी पत्नीको हत्या

  ०७७ माघ ११ गते

हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पत्नी राममायालाई माघ ९ गते राती ११ बजे शेरबहादुरले टाउकोमा बन्चरो प्रहार गरेका थिए ।

टाउकोमा चोट लागि गम्भीर घाइते भएकी राममायालाई राति नै उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा माघ १० गते बिहन १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्यामबहादुर खत्रीले बताउनु भयो ।

घटनाको कारण खुल्न नसके पनि पति पत्नीबीच झगडा भइरहने गरेको स्थानीयले बताएको डिएसपी खत्रीले जनाकारी दिनु भयो ।

डिएसपी खत्रीले पत्नीलाई बन्चरो प्रहार गरी फरार भएका शेरबहादुरको खोजी तथा घटनाको अनुशन्धान भइरहेको बताउनु भयो ।

शवको पोष्टमार्टम माघ १० गते हेटौँडा अस्पतालमा गरिएको छ ।


बिमला पाण्डे