बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति गिरफ्तार

  ०७३ भदौ २१ गते

उग्रचण्डी नाला गाविस-४ भुल्लेगाउँका ३६ वर्षीया विष्णुमाया तोलाङ्गेलाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा ४० वर्षीय पति रामगोपाल तोलाङ्गेले भदौ १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

कान्छी पत्नी विष्णुमायासँग बसेका रामगोपालले घरायसी विवादका क्रममा बञ्चरोले टाउकोमा प्रहार गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

मृतकको शवको पोष्टमार्टम बनेपास्थित शीर मेमोरियल अस्पतालमा भदौ १९ गते नै गरिएको र परिवारले परम्परा अनुसार गाउँमा नै सत्गत गरेको प्रहरीले जनाएको छ ।

आरोपितले २० वर्षअघि जेठी काली तोलाङ्गेसँग विवाह गरेर दुई जना छोरा र एक छोरीको जन्म भएको बताए । उनले कान्छी पत्नीसँग भने ०५८ सालमा विवाह भएर एक छोरीको जन्म भएको बताए । पैसाको विषयमा दुवैबीच पहिलेदेखि नै झगडा पर्ने गरेकोमा यस पटक भने अलि बढी नै झगडा परेकाले कुटाकुट हुदाँ मृत्यु भएको आरोपितले बताए ।


भोजराज तिमल्सिना