फूल टिपेको आरोपमा वडा अध्यक्षद्वारा बालकमाथि कुटपिट

  ०७६ साउन ३ गते

घोराही उपमनपा–४ गोग्लीका नौ वर्षीय बालक भरत घर्तीलाई साउन १ गते सोही वडाका अध्यक्ष ५० वर्षीय भिमबहादुर सार्कीले फूल टिपेको आरोपमा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

घर नजिक खेल्ने क्रममा फूल टिपेको आरोपमा कुटपिट गरेको र कुटपिटबाट बायाँ कान र पेटमा चोट लागेको पीडितले बताए ।

कान र पेट दुखेर राति सुत्न नसकेपछि साउन २ गते घोराही उपमनपा–१४ स्थित नाक, कान, घाँटी केयर सेन्टरमा उपचार गरिएको पीडित पक्षले जनाएको छ । छोराको कान दुखेको र पेटमा निलडाम रहेको पीडितकी ३५ वर्षीया आमा रैमता घर्तीले बताइन् ।

घटनाका सम्बन्धमा वडाध्यक्ष सार्कीले फूल टिप्नेजस्ता विज्याँई गरेको र घरमा मिल रहेकाले मिलमा परेर दुर्घटना हुनसक्ने भन्दै वरपर नखेल्न भनेको बताए । बालकले भनेको नमानेपछि एक थप्पड हानेको सार्कीले स्वीकार गरेका छन् । पीडित पक्षले वडाध्यक्षबाट उपचार खर्च मागेपनि कारवाहीका लागि कतै पनि उजुरी दिएको छैन ।


जे.एन.सागर