प्रहरी हिरासतमा राखेर यातना दिएको भन्दै प्रहरी चौकी घेराउ
आफन्तलाई प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासतमा राखेर यातना दिएको भन्दै जेठ २ गते स्थानीयले इलाका प्रहरी कार्यालय बाह्रबिसे घेराउ गरेका छन् ।
लिसङ्खुपाखर गाउँपालिका-६ स्थित सिलढुङ्गाको एक पसलमा काम गरी बस्ने सोही ठाउँका विजय श्रेष्ठ, हेमराज पाण्डे र रविन पाण्डेलाई जेठ २ गते बिहान चोरीको आरोपमा प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेमा पुर्याएर एक घण्टासम्म कुटपिट गरी यातना दिएको पीडितपक्षको आरोप छ ।
प्रहरीको यातनापछि पीडितहरू रुवाबासी गर्दै चिच्याएपछि स्थानीयले थाहा पाएका थिए । प्रहरीको यातनाविरूद्ध स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गरेको स्थानीयबासी दिपक श्रेष्ठले बताए । उनका अनुसार स्थानीयको विरोधपछि कुटपिट गर्न छाडेर घटनाको अनुसन्धान गर्ने र आफ्नो सङ्गठनको तर्फबाट गल्ती भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर पञ्चकुमार पाकुले स्वीकार गरेका छन् ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका एसपी मोहनप्रसाद पोखरेलसँग सम्पर्क गर्दा एक जना प्रहरी जवानको लापरवाहीले घटना भएको बताए । तर, प्रहरी जवानको नाम भने एसपी पोखरेलले उल्लेख गर्न चाहेनन् ।
लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालका अनुसार प्रहरीको कुटपिटबाट घाइते भएका तीनै जनाको घाउजाँच गरी यातनाविरूद्ध कानुनी उपचार खोजिने छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…