प्रहरी हिरासतमा दिनहुँ यातनाः नेकपा कार्यकर्ता
राज्यविरूद्ध विभिन्न अपराधजन्य गतिविधि गरेको आरोपमा गिरफ्तार गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरी हिरासतमा प्रहरीले यातना दिएको भन्दै चैत १३ गते जिल्ला अदातलतको परिसरमा पत्रकार र अधिकारकर्मीहरू सँग गुनासो गरे ।
थुनछेक बहसको क्रममा अदालत पुगेका उनीहरूले आफुहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको अवस्थामा चरम यातना दिएको गुनासो गरेका हुन् ।
फागुन १७ गते चौतारा सागाचोकगढी नगरपालिका– १० बाट सो पार्टीका चार महिला सहित १७ जना कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
गिरफ्तार गरेकै भोलिपल्टदेखि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रातिको समयमा डण्डीले पैताला र गोडाका विभिन्न अंगमा कुटपिट गरी यातना दिएको सुनसरी जिल्ला इटहरी नगरपालिका–३ घर भएकी १९ वर्षीया मनिषा भन्ने सबिता श्रेष्ठले बताइन् । उनले महिला बन्दीलाई महिला प्रहरीले रातको समय पारेर यातना दिने गरेको गुनासो गरिन् ।
गिरफ्तार गरेको भोलिपल्टबाटै दैनिक जसो रातको समयमा कुटपिट गरी यातना दिएको र यातनाले हिँड्न समेत मुस्किल भएको नुवाकोट जिल्ला तादी गाउँपालिका–१ घरभएका गणेश थापाले बताए ।
प्रहरी हिरासतमा यातना दिएको बारे जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग सम्पर्क गर्दा आफ्नो कार्यालयको हिरासत कक्षमा कसैलाई कुनै किसिमको यातना नदिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासैनीले बताए ।
प्रहरी हिरासतमा महिलामाथि यातना भन्ने शीर्षकमा फागुन २१ गते इन्सेक अनलाइनमा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानव अधिकार आयोगबाट समेत चैत १२ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन भएको थियो । यातानाविरूद्ध हालसम्म कतै पनि उजुरी नदिएको पीडितहरूले बताए ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…