प्रहरी हिरासतमा थुनुवाको मृत्यु, इन्सेकद्वारा स्थलगत अनुगमन
रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–३ घर भइ तुलसीपुर उपमनपा–६ बस्ने ४६ वर्षीय नन्दराम वलीको फागुन ९ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरको हिरासतमा मृत्यु भएको छ ।
३४ वर्षीया पत्नी प्रिति वलीलाई फागुन ८ गर्ते मादक पदार्थ सेवन गरी कुटपिट गरेपछि पत्नीको उजुरीमा सोही दिन राति प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको थियो ।
प्रहरीले गिरफ्तार गरेर फागुन ८ गते राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टी भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।
हिरासतमा बेहोस भएको भएको अवस्थामा उपचार गराउन राप्ती प्रादेशिक अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
उक्त घटनाको इन्सेक जिल्ला प्रतिनिधिको संयोजकत्वमा मानव अधिकरकर्मीहरूले फागुन १० गते स्थलगत अनुगमन गरेका थिए ।
मानव अधिकारकर्मीहरूको टोलीले हिरासतमा रहेका थुनुवा, मृतकका परिवार, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंह भेटगरी घटनाबारे जानकारी लिएका थिए ।
अत्यधिक मादक पदार्थ सेवन गरेका वलीले हिरासतमै अपशव्द प्रयोग गर्ने र राति १२ वजेसम्म हो हल्ला गरेको तर त्यसपछि सुतेका उनी बिहान सात बजेतीर अचेत अवस्थामा रहेको पाइए पछि अस्पतालमा लगिएको मृतकसँगै हिरासतमा रहेका २५ झक्कुप्रसाद बस्नेतले बताउनु भयो । अस्पताल लगे लगत्तै चिकित्सकले वलीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख डिएसपी सिंहले जानकारी दिनुभयो ।
मृत्यु भएको कारण पोष्टमार्टम पछि मात्र थाहा हुने डिएसपी शिवबहादुर सिंहले बताउनु भयो । ‘शवको पोष्टमार्टम गर्न पनि समस्या भइरहेको छ ।’, डिएसपी सिंहले भन्नु भयो । कान्छी पत्नीले पोष्टमार्टम गरेर आएको रिर्पोटका आधारमा कारबाही अघि बढाउन सहमत भएपनि रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–३ बस्दै आएकी जेठी पत्नी ३९ वर्षीया पार्वती वलीले घटनामा कान्छी पत्नीको भूमिकाबारे छानवीन हुनुपर्ने भन्दै पोष्टमार्टम गर्न नदिएको बताउनु भयो । शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…