प्रहरी हिरासतमा एक महिलाको मृत्यु
गुजरा नपा–२ कटानीका ३० वर्षीय राधिका भनिने रेवतीकुमारी राउतको महिला तथा बालबालिका सेवा केन्द्र गरुडाको प्रहरी हिरासतमा असोज १५ गते बिहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठका अनुसार असोज १४ गते साँझ खाना खाएर सुतेकी महिलालाई असोज १५ गते बिहान प्रहरीले उठाउन जाँदा मृत्यु भइसकेको थियो ।
असोज १४ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरस्थित कार्यालयको हिरासतमा ल्याइएकी महिलालाई राख्न असहज भएपछि सोही दिन महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको थियो ।
मृृतक राधिकाले स्वास्थ्य जाँच गर्ने क्रममा छारे रोग भएको बताएको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पताल गौरमा असोज १५ गते गरी सोही दिन परिवारलाई जिम्मा लगाई अन्तिम संस्कार भएको श्रेष्ठले बताउनु भयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको पोष्टमार्टम रिपोर्ट आएपछि विस्तृत जानकारी हुने डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १८ गते)
फागुन १८ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
वार्ताका लागि सरकार र प्रतिबन्धित नेकपाद्वारा दुई-दुई सदस्यीय समिति गठन
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाले फागुन १८ गते वार्ताका लागि समिति गठन गरेका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित…
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको…
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा …
कोभिड–१९ः यो साता ७ सय १६ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा…