प्रहरी हिरासतमा एक जनाको मृत्यु

  ०७७ साउन २८ गते

धनगढी उपमहानगरपालिका–१४ फुलवारी सीगाँउका ४५ वर्षीय अमरबहादुर चन्दको फुलवारीस्थित सिमा प्रहरी चौकीको हिरासतमा साउन २८ गते मृत्यु भएको छ ।

मदिरा सेवन गरी झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि साउन २७ गते राति गिरफ्तार गरी सिमा प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर हिकमत थापाले इन्सेक प्रतिनिधिलाई फोनमार्फत बताउनु भयो ।

प्रहरी चौकीको शौचालय भित्र चन्द मृत अवस्थामा भटिएकाले के कति कारणले उहाँको मृत्यु भएको अहिले नै भन्न नसकिने इन्स्पेक्टर थापाले बताउनु भयो ।

शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल,धनगढीमा ल्याइएको प्रहरीले जनायो ।


मैनामोती चौधरी