प्रहरी र सर्वसाधारणबिच झडप हुँदा तीन जना घाइते
उद्योग वाणिज्य सङ्घको जिल्ला अधिवेशनको निर्वाचनपछि मतगणना गर्ने स्थलमा प्रहरी र सर्वसाधरणबिच ०७७ पुस २५ गते साँझ झडपहुँदा प्रहरी इन्स्पेक्टर सहित ३ जना घाइते भएका छन ।
घाइते हुनेमा प्रहरी इन्स्पेक्टर २८ वर्षीय ओमबहादुर पुन, प्रहरी हवल्दार ३८ वर्षीय प्रेमबहादुर थापा र बेसीशहर नगरपालिका–८ का ४१ बर्षीय शंकर न्यौपाने रहेका छन् ।
मतगणना स्थलबाट घटनामा संलग्न बेसीशहर नगरपालिका–८ का ३९ वर्षीय सुरेश श्रेष्ठ र सुन्दरबजार नगरपालिका–८ का २९ वर्षीय सुरज श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गङ्गाबहादुर थापाले बताउनुभयो ।
घाइते मध्ये न्यौपानेको नाकमा गम्भीर चोट लागेको कारण जिल्ला अस्पताल लमजुङको सिफारिसमा काठमाडौं पठाइएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।
झडपमा प्रहरी इन्स्पेक्टर पुनको निधारमा सामान्यचोट लागेको छ भने प्रहरी हवल्दार थापाको टाउँकोमा सात ओटा टाँका लगाइ थप उपचारपछि घर गएको डिएसपी थापाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
उहाँले घटनाको आवश्यक अनुसन्धान गरी कानुनी प्रकिृया अघि बढाइने जानकारी दिनुभयो ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…