प्रहरी र विद्यार्थीबीच झडप हुँदा एक जना घाइते

  ०७६ फागुन १३ गते

पोखरा मनपा–१ स्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडी प्रहरी र विद्यार्थीबीच झडप हुँदा एक जना घाइते हुनुभएकाे छ।

प्रहरीले नेपाल विद्यार्थी सङ्घ नेता रेशम हमाललाई फागुन १२ गते गिरफ्तार गरेपछि आन्दोलित नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा नेपाल विद्यार्थी सङ्घ विज्ञान सङ्कायका उपसभापति सुजन लामिछाने घाइते हुनुभएकाे छ । उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

विद्यार्थीहरुले बाटो बन्द गरेर आन्दोलन गरेपछि बाटो खुलाउने क्रममा सामान्य झडप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले प्रतिक्रिया दिनुभयो ।


सुशन घिमिरे