प्रहरी र प्रदशनकारीबिचको झडपमा दुई जना घाइते

  ०७४ माघ ३ गते

धनकुटालाई एक नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबिच माघ ३ गते झडप हुदाँ दुई जना घाइते भएका छन् ।

क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने क्रममा झडप हुँदा धनकुटा नपा-६ का ३६ वर्षीय जेसिज श्रेष्ठ र ३४ वर्षीय अजित पाख्रिन घाइते भएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

Photo20180117Dhankuta (1)

घाइतेमध्ये श्रेष्ठको टाउकोमा सामान्य चोट लागेको छ भने पाख्रिनको हातमा चोट लागेको छ । उनीहरूको उपचार जिल्ला अस्पतालमा भएको छ । झडपको क्रममा आन्दोलनकारीले सुरक्षाका लागि प्रहरीले बोकेका ढाल फुटाएर फालेका छन् ।

आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै कार्मचारीलाई बाहिर निकालेर क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

मुल गेटमा दर्जनौंको सङ्ख्यामा रहेका सुरक्षाकर्मीको घेरा तोडेर प्रदर्शनकारी कार्यालय हाताभित्र प्रवेश गर्दा स्थिति तनावग्रस्त बनेको थियो ।

यसैबिच बन्द अवज्ञा गरेको भन्दै धनकुटा नपा-६ आत्मारा ढाँटमा धरानततर्फजाँदै गरेको सङ्खुवासभा जिल्ला सभापोखरी गाउँपालिका-६ का ३६ वर्षीय चन्द्रबहादुर राईको को२६प ५६११ नम्बरको मोटरसाइकल तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका असई सुरेन्द्र खड्काले बताए ।

Photo20180117Dhankuta (2)


सन्तोष रुचाल