प्रहरी गस्तीमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
गस्तीमा गएको प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा अछाम प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।
साँफेबगर नगरपालिका–३ निवासी २५ वर्षीय दशरथ कुँवर र वडा नम्बर ४ का २३ वर्षीय विक्रम कुँवरलाई प्रहरीलाई दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको अछाम प्रहरीले जानकारी दिएको छ ।
पुस १५ गते बेलुकी सोही नगरपालिकाको जिजाडी खोला नजिक रहेको खप्तड रिसोर्टमा डोटीबाट शैक्षिक भ्रमणमा आएका सेती प्राविधिक शिक्षालयका विद्यार्थीहरूसँग विवाद छुटाउन गएका प्रहरीलाई दुर्व्यवहार गरिएको अछाम प्रहरीको भनाइ छ ।
कुँवरद्वयलाई सम्झाएर पठाउन खोज्दा इलाका प्रहरी कार्यालय घुगुरकोटकाको टोलीलाई दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
कर्तव्य पालना गर्ने कार्यमा प्रहरीमाथि जोरजुलम गरी बाधा पुर्याउने भन्दै ती दुई जनालाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ को दफा ८५ बमोजिमको कारवाही प्रक्रिय अघि बढेको अछाम प्रहरीले जानकारी दिएको छ । दुर्व्यवहारमा संलग्न भइ फरार रहेका थप व्यक्तिहरूको खोजी भइरहेको बताइएको छ ।
शिवराज ढुङ्गाना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…